close

मगर भाषा पढाउँदै गल्याङ नगरपालिका

मगर भाषा पढाउँदै गल्याङ नगरपालिका

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिका वडा- ७ कल्लेरीमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा मगर भाषा शिक्षा पठनपाठन सुरु भएको छ । गत शैक्षिक सत्रबाट मगर भाषा शिक्षा पठनपाठन सुरु भएको हो । 

 

मगर समुदायको भाषा संरक्षण, मगर भाषा लिपिबारे शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा मगर भाषाको कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक दलबहादुर रानाले बताए ।


प्रधानाध्यापक रानाले अहिले विद्यालयमा १ देखि ३ कक्षासम्म मगर भाषाको शिक्षा पठनपाठन हुँदै आएको जानकारी दिए ।

 

‘पछिल्लो समय मगर समुदायमा हुर्केका बालबालिकाले पनि मगर भाषा बोल्नै छाडे । मगर भाषाको पठनपाठनबाट ज्ञान लिन थप सहयोग पुग्ने विश्वाससहित यो भाषामा पढाइ सुरु गरेका हौं’, शिक्षक विनोद रानाले भने ।


आफ्नै भाषामा अध्ययन गर्न पाएपछि विद्यार्थीलगायत अभिभावकहरू पनि उत्साहित भएका छन् । विद्यालयमा मगर भाषाको कक्षा सञ्चालन, शिक्षक व्यवस्थापनमा गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।

 

सरस्वती आधारभूत विद्यालय गल्याङ नगरपालिकाभित्र मगर भाषाको कक्षा सञ्चालन गर्ने पहिलो विद्यालय हो ।