close

बर्दघाटका विद्यालयमा जोर–बिजोर प्रणालीबाट सिकाइ सुरु

बर्दघाटका विद्यालयमा जोर–बिजोर प्रणालीबाट सिकाइ सुरु

Trulli
ADVERTISEMENT

 

नवलपरासी पश्चिम– बर्दघाट नगरभित्र कक्षागत जोरबिजोर प्रणालीबाट कक्षा संचालन हुने भएको छ । बिहीवार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको प्रतिनिधिमूलक बैठक र कार्यपालिकाको पूर्वनर्णयानुसार १६ कात्तिकबाट कक्षा संचालन हुने भएको  हो ।


नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ईन्द्र कुवँरले जोरबिजोर प्रणालीबाट विद्यार्थीहरुका संख्या आधा आधा हुने भएको हुदाँ सो निर्णय लिइएको बताए ।


कोरोना भाइरस महामारीको कारण देखाउँदै गत २८ असोजबाट कक्षा स्थगन गरिएको थियो । यस अघि कोरोना भाइरस संक्रमण दर बढेको भन्दै संस्थागत तथा सामुदायिक विद्यालयमा भइरहेको शिक्षण सिकाई क्रियाकलापमा रोक लगाइएको थियो ।


प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा संचालन गर्न अनुरोध गरिएको बताए ।


नगरले पाठयक्रमलाई छोट्याएर शिक्षण सिकाई गर्ने भएको हो । सोही अनुसार छोट्याइएको संक्षिप्त पाठयक्रम समेत नगरले तयारी गरेको जनाएको छ । सो पाठ्यक्रम बिहीवारको बैठकमा प्रधानाध्यापकहरुलाई प्रदान गरिएको थियो ।