close

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विद्यासुन्दरका गफ

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विद्यासुन्दरका गफ

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जाने बताएका छन्  । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सव समारोहमा बोल्दै शाक्यले यस्तो बताएका हुन् । 


प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए । शाक्यले भने, ‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको छन्, अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ ।’ 


संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्नुभन्दा त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको भविष्य बनाइदिने सुनिश्चिततमा सामुदायिक विद्यालयले दिन सक्नुपर्ने उनको भनाइ छ । ‘त्यो भयो भने सामुदायिकमा स्वतः विद्यार्थीको चाप बढ्नेछ’, प्रमुख शाक्यले भने ।


सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठनपाठनमा ध्यान दिई विद्यार्थीका साथै अभिभावकलाई पनि विश्वस्त बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने बाध्यता स्वतः अन्त्य हुन्छ ।’ 

 

उनले विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएपछि विद्यालय सुधारका केही प्रयासहरू गरेको पनि जानकारी दिए ।  उनले भित्री सुधारको पाटो शिक्षक, शिक्षिकाकै भएको भन्दै शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरपालिकाले लिएको पनि बताए । 


शाक्यले सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील हुन पनि आग्रह गरे । उनले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नहुने प्रष्ट पारे ।