close

कोरोना कहरबीच हुम्लामा कक्षा ११ को परीक्षा सुरु

कोरोना कहरबीच हुम्लामा कक्षा ११ को परीक्षा सुरु

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लामा बुधबारबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । कोरोना कहरले बन्द भएको कक्षा ११ को परीक्षा सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले सुरक्षा सावधानी अपनाएर सञ्चालन गरेको छ ।

 

४० अंकको बाह्य र ६० अंकको आन्तरिक मूल्यांकनबाट पूर्ति गर्ने गरी  बुधवारबाट परीक्षा सञ्चालन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुनु अगाबै प्रत्येक विद्यालयले परीक्षा लिएर मूल्यांकन गरी परीक्षा नियन्त्रण कार्यालयमा पेश गर्ने भन्ने आधारमा बुधबारदेखि परीक्षा सञ्चालन गरिएको प्रधानध्यापक शाहीले जानकारी दिए ।


४० अंकको प्रश्नपत्र र राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै प्रश्नपत्र वितरण गरेर परीक्षा सञ्चालन गरिरहेको शाहीले बताए ।


विद्यालय आफैले नतिजाको सबै तयारी गरी प्रश्नपत्रहरु चेकजाँच गरी रिजल्ट सिट बनाएर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र त्यसको आधारमा परीक्षाफल प्रकाशन गर्ने नियम रहेको प्रधानाध्यापक शाहीले बताए ।


सिमकोट गाउँपालिकाले शैक्षिक संस्था सञ्चालनका लागि अनुमति दिएपनि स्वास्थ्य सम्बन्धि कुनैपनि सामग्री नदिएको पाइएको छ । विद्यालयले पुरा गर्न सक्ने मापदण्डहरु मस्क, सेनिटाइजर, र परीक्षा हलमा पनि सकिदो दुरीमा परीक्षा सञ्चालन गरिएको शाहीले बताए ।

 

कक्षा ११ को परीक्षामा ८२ जना नियमित र १ सय ६ जना आंशिक विद्यार्थी रहेको शाहीले बताए । आज भएको परीक्षा १ सय ४१ जना सहभागी हुनुपर्नेमा ९ जना विद्यार्थी अनुपस्थित रहेको शाहीले बताए ।