close

दिवा खाजा जुटाउन विद्यालयको बाँझो जमिनमा खनीखोस्री

दिवा खाजा जुटाउन विद्यालयको बाँझो जमिनमा खनीखोस्री

Trulli
ADVERTISEMENT

रुकुमपूर्व - रुकुमपूर्वको भूमे गाउँपालिका-३ स्थित टक्सार आधारभूत विद्यालय झुम्लाबाङले करेसाबारी निर्माण सुरु गरेको छ । टक्सार आधारभूत विद्यालय झुम्लाबाङले विद्यालय पढ्ने नानीबाबुलाई दिवा खाजाका लागि  स्कुल हातामै रहेको बाँझो जग्गा खनेर करेसाबारी निर्माण गरेको हो । 


विद्यालय परिसरको जग्गा बाँझो राख्नुभन्दा खनिखोस्री गरेर विद्यार्थीलाई दिवा खाजा खर्च जुटाउने निर्णय भएको छ’, प्रधानाध्यापिका कमला बुढा मगरले भनिन्, ‘साताको अन्तिम दिन शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थी र शिक्षकले बाँझो जग्गा खनेर करेसाबारी तयार पार्‍यौं ।’ 

 

करेसाबारीका खनिएको बाँझो जग्गामा तिहारपछि विभिन्न तरकारी लगाइने उनले बताइन् । करेसाबारीबाट उत्पादित तरकारी विद्यार्थीलाई नै पोषिलो दिवा खाजाका रूपमा खुवाउने लक्ष्य रहेको बुढाको भनाइ छ ।  


करेसाबारीमा रायो, फर्सी, मूला, काँक्रो, गोलभेडा, लसुन, प्याज, गाजर, आलुलगायत तरकारी लगाइनेछ । 


स्कुल घन्टी नभएका बेला खेती गर्ने तरिका, यसका लाभहानि, खाने तरिकाबारे शिक्षकसँग भलाकुसारी गरेर विद्यालयमा  जस्तै घरमा पनि अभिभावकलाई करेसाबारी बनाउन प्रोत्साहन गरिने विद्यार्थीहरू बताउँछन् । टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा बाल विकासदेखि ८ कक्षासम्म पठनपाठन हुने गरेको छ ।