close

शिक्षिकाको तलब झ्वाम पार्ने प्रधानाध्यापक कानुनी फन्दामा

शिक्षिकाको तलब झ्वाम पार्ने प्रधानाध्यापक कानुनी फन्दामा

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा–३ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मानसिहं विष्टलाई कानुनी कठघरामा ल्याइएको छ ।


नगरपालिकाको वडा–३  स्थित कालिका आधारभूत विद्यालयमा पढाउने एक शिक्षिकाले तीन वर्षदेखि तलब नपाएको गुनासोको खबर पालिका खबरमा प्रकाशित भएसँगै विष्टलाई सोधपुछ गर्न इलाका प्रहरी चौकी कोल्टीमा बोलाइएको कोल्टी प्रहरीले बताएको छ ।


१२ चैत २०७५ सम्मको तलबमध्ये २८ हजार पाउन बाँकी रहेको र त्यसपछि हालसम्मको तलब नै नदिएको शिक्षिका सीता तिमिल्सेनाले जानकारी दिइन् ।
 

‘शिक्षिका तिमिल्सिनाले विभिन्न निकायमा तलब नपाएको भनी निवेदन दिएकी रहिछन् । के–कति कारणले तलब नपाएको हो र विद्यालयले नदिएको भन्ने विषयबारे सोधपुछ गर्न प्रधानाध्यापक विष्टलाई इलाका प्रहरी चौकी कोल्टीमा बोलाएको थियौं’, प्रहरी नायव निरीक्षक नरेश शाहीले भने ।


किर्ते गरेर शिक्षिकाको तलब गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले खाएको प्रमाण भेटिएकाले सोधपुछका लागि इलाका प्रहरी कार्यालय कोल्टीमा बोलाइए पनि सामान्य सोधपुछपछि छाडिएको उनले बताए ।


अहिले विद्यालय बन्द भएकाले सबै  कागजात जुटाउन समस्या भएको प्रधानाध्यापक विष्टले दाबी गरेका छन् । ७ मंसिरदेखि विद्यालय सञ्चालन भएपछि  सबै कागजजात जुटाउने प्रतिबद्धता जनाएकाले छाडिएको प्रहरी नायब निरीक्षक शाहीले जानकारी दिए ।

‘अहिले शिक्षिका सीता उपचारका लागि काठमाडौं रहेकी र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग पनि सोधपुछ नभएकाले विद्यालय सञ्चालन भएको समय तीनै पक्ष राखेर कानुनी प्रक्रियामा जान्छौं’, उनले भने ।


तलब नदिएको भन्दै पहिले सोही विद्यालयमा पढाएकी शिक्षिका कल्पना भाटले पनि न्यायिक समितिमा उजुरी दिएकी छन् । विद्यालयले पूर्वशिक्षक जनक पण्डित, धर्म विक, राजेन्द्र तिमिल्सिनालगायतलाई तलब नदिएको सूचना सार्वजनिक भएको छ ।

 
२०७४ को जेठमा कालिका आधारभूत विद्यालय भुल्यानामा विद्यालय व्यवस्थापन समिति बैठकको निणर्यले निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षकमा निजी स्रोतबाट ६ हजार पाँच सय रुपैयाँ तलब पाउने गरी सीतालाई नियुक्त गरिए पनि हालसम्म तलब नपाएपछि उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी थिइन् ।


२०७४ को शैक्षिक सत्र सकिएपछि २०७५ देखि स्कुलमा पहिलेको तलबमा काम गर्न नसक्ने बताएकी सीतालाई तलब बढाउने आश्वास दिइए पनि पहिलेको तलब दिइएको थिएन ।


२०७५ पुसमा पुनः विद्यालय व्यवस्थापन समितिको बैठक बसेर परिचर तारा विक र निमावि शिक्षक सीताको ५ हजार तलब बढाउने निणर्य गरेका अध्यक्ष जंगवीर रोकायाले बढेको र पहिलेको तलब दिएका छैनन् ।


‘२०७५ चैतयता तलब पाएकी छैन । मेरो नाममा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  मिलेर तलब लिएको भौचरमा हस्ताक्षर गर्न लगाएका रहेछन् । यो कुरा मलाई थाहा भएन । तर, पछि घटना बाहिर आएपछि प्रधानाध्यापक विष्टले आफैंले तलब बुझेको स्वीकारेका छन्’, शिक्षिका सीताले भनिन् ।