close

डेढ सय विपन्न विद्यार्थीलाई पोसाक र झोला वितरण

डेढ सय विपन्न विद्यार्थीलाई पोसाक र झोला वितरण

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- रुकुमपूर्वको भूमे गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत विपन्न विद्यार्थीलाई पोसाक र झोला वितरण गरिने भएको छ ।


गाउँपालिकाभरका ३३ सामुदायिक विद्यालयका १५० विपन्न विद्यार्थीलाई विद्यालय पोसाक र झोला वितरण भइरहेको हो ।


आइतबार भूमे- ६ जनजागृति माध्यमिक विद्यालय महतका विपन्न दुई छात्र र तीन छात्रालाई गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले पोसाक र झोला वितरण गरेको शिक्षक बलबहादुर बुढाले जानकारी दिए ।


आइतबार उक्त कार्यक्रमअन्तर्गत भूमे- ७ आधारभूत विद्यालय धर्मशालाका छात्रछात्रा दुई÷दुई गरी चार विपन्न विद्यार्थीलाई विद्यालय पोसाक र झोला वितरण गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले बताए ।


‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाभरिका ३३ वटै सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई पोसाक र झोला वितरण भइरहेको छ’, तिवारीले भने । एक विद्यार्थीलाई झोला र पोसाकमा दुई हजार रुपैयाँ परेको उनले बताए ।