close

खोटेहाङका ५१ विद्यालयमा पठनपाठन सुरु

खोटेहाङका ५१ विद्यालयमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना कहरका बीच खोटाङको खोटेहाङ गाउँपालिकाले विद्यालय खुलाएको छ । झन्डै नौ महिनापछि खोटेहाङले विद्यालय खुलाएको हो ।


गत ८ मंसिर गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार अवरुद्ध पठनपाठन आइतबारदेखि सुचारु गराइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।


बन्द ४९ सामुदायिक र दुईवटा निजी विद्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय संचालनसम्बन्धी कार्यढाँचा र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाबमोजिम सुचारु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाले विद्यालय संचालनका लागि गर्नुपर्ने पूर्वतयारी, विद्यालय संचालनका अवधिमा गर्नुपर्ने तयारी, अनुगमन तथा सुपरीवेक्षण, स्थानीय तहको जिम्मेवारी वा उत्तरदायित्वमा भएका व्यवस्थालाई पूर्ण पालना गर्दै पठनपाठन सुचारु गरेको हो ।


यस्तै, बराहपोखरी गाउँपालिकाले ११ मंसिरदेखि विद्यालयमा नियमित पठनपाठन सुचारु गराएको हो ।


सरकारले कोरोना महामारीको जोखिम मूल्यांकन गरी विद्यालय पुनः संचालन गर्ने आधार तय गरेपछि जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, रावाबेँसी गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा पनि पठनपाठन सुचारु भइसकेको छ ।


जिल्लाका हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा पनि विद्यालय नियमित खुलाउनका लागि तयारी भइरहेको छ ।