close

मुगुको मुगुम कार्मारोङमा हिउँदे बिदामा पनि पढाइ 

मुगुको मुगुम कार्मारोङमा हिउँदे बिदामा पनि पढाइ 

Trulli
ADVERTISEMENT

मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण पाठ्यकोर्ष पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदा सदुपयोग गर्न लागेको हो ।

 

कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । ‘कोरोनाका कारण वर्र्षैभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरेका हौँ’, गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने ।

 

गाउँपालिकाका विद्यालय १८ मंसिरबाट सञ्चालनमा आइसकेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकालक्ष्मी उपाध्याले बताए । उनले भने, ‘अत्यधिक जाडोको समयमा पनि केही विद्यालयका विद्यार्थीहरूले आगो तापेरै पढाइलाई निरन्तरता दिन थालेका छन् ।’ 

 

आवासीय विद्यालय पनि सञ्चालन

 

गाउँपालिकाले विद्यार्थीको अवरुढ पढाइ सुचारु गराउन आवासीय विद्यालय पनि सञ्चालनमा ल्याएको छ । 

 

२ सयभन्दा बढी विद्यार्थीलाई समूहमा राखेर आवासीय विद्यालयमा पनि पठनपाठन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठायतले जानकारी दिए ।