close

हिउँदे बिदामा पनि पढाइ थाले स्कुलले 

हिउँदे बिदामा पनि पढाइ थाले स्कुलले 

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय संचालन गर्ने भएको छ । कोरोनाका कारण कोर्स पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदा सदुपयोग गर्न लागेको हो ।


कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरिएको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले जानकारी दिए ।


उनका अनुसार करिब नौ महिनासम्म बन्द रहेका गाउँपालिकाका विद्यालय १८ मंसिरदेखि संचालनमा आइसकेका छन् । उनले भने, ‘अत्यधिक जाडोको समयमा पनि केही विद्यालयका विद्यार्थीहरूले आगो तापेरै पढाइलाई निरन्तरता दिन थालेका छन् ।’ 


एउटा कोठामा २०-३० विद्यार्थी

 
गाउँपालिकाले प्रत्येक विद्यालयलाई एउटा कक्षा कोठामा २० देखि ३० जना विद्यार्थी राखेर पठनपाठन गरिरहेका छन् । चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेपछि गाउँपालिकाका विद्यालयमा यति मात्र विद्यार्थी राखेर पठनपाठन गरिरहेका हुन् । 


यो चिसो समयमा विद्यार्थीको समस्यालाई मध्यनजर गरेर पनि विद्यालय संचालन गरेको गाउँपालिकाले जनाएको छ ।