close

१ माघवाट खुल्दै छन् काठमाडौं महानगरका ७३५ विद्यालय, यस्तो छ तयारी

१ माघवाट खुल्दै छन् काठमाडौं महानगरका ७३५ विद्यालय, यस्तो छ तयारी

Trulli
ADVERTISEMENT

काठमाडौ– १० महिनादेखि बन्द रहेका काठमाडौ महानगरपालिकाका विद्यालय १ माघबाट सञ्चालन हुने भएका छन् ।  चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्न लागेको हो ।


काठमाडौं जिल्लाका स्थानीय तहहरुले यस अघि नै स्वास्थ्य मापदण्ड पुरा गरी बिद्यालय सञ्चालन गरिहेका छन् ।  ‘महानगरले १ माघबाट विद्यालय खोल्ने तयारी गरेको छ,’ महानगरपालिकाका शिक्षा बिभागका प्रमुख नवराज ढकाकाले भने, ‘कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबै खाले मापदण्ड अपनाएर विद्यालय  खुलाउन दिइनेछ ।’ महानगरले अनुगमन गरेर सञ्चालन गर्न लागेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार महानगरका विद्यालयले गत असारबाट अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षा जस्तो प्रभावकारी हुन सकेको थिएन । हालसम्म  महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन  गरेका छ ।


‘कतिपय विद्यालयले भने महानगरको बन्देजका बाबजुद भौतिक कक्षा चलाइरहेका छन् । जाडोका बेला यसरी न्यानो लुगा लगाउन दिनु ठीक भएको ठानेका छौं । दिनमा चारवटा पिरियड पढेर फर्किन्छन्,’ राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) का महासचिव सुवास न्यौपानेले भने ।

 

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय छन् । उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।