close

विद्यालयमा नगरको मनपरी, जसले गर्‍याे चाकडी उसैलाई पैसा (भिडियो खबर)

विद्यालयमा नगरको मनपरी, जसले गर्‍याे चाकडी उसैलाई पैसा (भिडियो खबर)

ADVERTISEMENT

नवलपरासी पूर्व- संघीय सरकारले पठाएको बजेटमा नवलपरसीको देवचुली नगरपालिकाले लापरवाही गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठाएको रकमलाई बद्नियत राखेर वितरण गरेको विद्यालयले आरोप लगाएका छन् ।

 

देवचुली नगरपालिकामा नगरपालिकाले विद्यालयलाई बजेट विनियोजन गर्दा पहुँचको आधारमा बजेट विनियोजन गरेर विभेद गरिएको सरोकारवालाले बताएका छन् ।

 

नगरपालिकाले विद्यालय क्षेत्रलाई बजेट विनियोजन गर्दा नगरपालिकासँग बढी सम्पर्कमा रहने, योजनाका लागि बारम्बार धाइरहने प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका विद्यालयलाई बजेट बढी विनियोजन गर्ने गरेको आरोप लागेको छ ।

 

विद्यालयको आवश्यकताको आधारमा भन्दा पनि पहुँचको आधारमा बजेटविनियोजन गरिएको विद्यालयको आरोप छ । नगरपालिकाले सबै विद्यालयको अभिभावकत्व ग्रहण गर्नु पर्नेमा त्यस्तो गर्न नसकेको उनीहरुको ठहर छ ।

 

देवचुली ९ कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज अधिकारीको पनि त्यस्तै ठहर छ । नगरपालिकासँग पहुँच हुनेले बढी र पहुँच नहुनेले कम बजेट लैजाने गरेको आफूले पनि पाएको अधिकारीले बताए  । नगरपालिकाले भने विद्यालयमा बजेट विनियोजनमाकुनै विभेद नगरेको र विद्यार्थी संख्याको आधारमा बजेट विनियोजन गर्ने गरेको बताउने गरेको छ ।


धेरै विद्यार्थी हुनेको धेरै,थोरैविद्यार्थी हुने ठाउँमा स्वभाविकरुपले थोरै बजेट जाने गरेको नगरपालिकाको पदाधिकारीको तर्क छ । कतै विद्यालय मर्ज गर्नु पर्ने अवस्था रहेको तर कतिपयले मर्ज गर्न नमान्दा त्यसले यस्तो समस्या उत्पन्न भएको नगरपालिकाको दावी छ ।


देवचुली नगरपालिका ३० भन्दा बढी सामुदायिक विद्यालय छन् । नगरपालिकाले विद्यालयलाई बजेट विनियोजनमा विभेद गर्दा कतै भौतिक संरचनादेखि विद्यालयको शैक्षिक गुणस्तर अत्यधिक राम्रो त कतै नाजुकभएको सरोकारवालाको ठहर छ ।


देवचुली नगरपालिकाले यस बर्ष शिक्षामाजम्मा ४० लाखमात्र बजेट विनियोजन गरेको छ जसले गर्दा यहाँका विद्यालय भौतिक पूर्वाधार विकासका लागि संघीय सांसद, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित मन्त्रालयको मुख ताक्न बाध्य छन् ।