close

सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको खेलकुद सामग्री 

सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको खेलकुद सामग्री 

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण गरेको छ । वडा कार्यालयमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई बोलाएर सामग्री प्रदान गरिएको हो । 


वडा नम्बर ७ का सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण समितिका संयोजक एवं वडा सदस्य कृष्णमणि भट्टराई र वडा सदस्य निर्मला पुडासैनीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । 


खेलकुद सामग्रीमा हरेक विद्यालयलाई ५ सेट चेस बोर्ड, ५ सेट लुँडो, ५ सेट स्किपिङ, २ सेट क्यारिम बोर्ड, ३ थान भलिबल, ५ सेट ब्याडमिन्टन र ३ सेट भलिबल प्रदान गरिएको थियो । 


विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको वडा सदस्य कृष्णमणि भट्टराईले बताए । सहयोग ठूलो नभए पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 


विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्त्वपूर्ण भूमिका रहेकाले सहयोग गरिएको उनले बताए । 


वडा नम्बर ७ मा श्रम राष्ट्रिय माध्यमिक विद्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय र बाल व्यवसायी केन्द्र माध्मिक विद्यालय गरी ४ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् ।