close

इलाममा सरकारी कार्यालयका सूचना अधिकारीको जमघट

‘सूचना सार्वजनिक गरे मात्रै सुशासन’

इलाममा सरकारी कार्यालयका सूचना अधिकारीको जमघट

‘सूचना सार्वजनिक गरे मात्रै सुशासन’

Trulli
ADVERTISEMENT

इलाम- सूचना सार्वजनिक गरे मात्रै सुशासनको नमुना मापन हुन सक्ने इलाममा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । 


जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विभिन्न कार्यालयका सूचना अधिकारी र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका वक्ताले सार्वजनिक सेवाप्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । 

 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले सार्वजनिक सेवाप्रदायकले सूचना सार्वजनिक गर्नु सेवाग्रहीप्रति जिम्मेवार भएको देखिने धारणा व्यक्त गरे । उनले भने, ‘सार्वजनिक सेवाप्रदायकले नियमानुसार कम्तीमा १ महिनामा एक पटक सबै सरकारी कार्यालयबाट भएका गरेका कामको सार्वजनिकीकरण गर्नुपर्छ ।’

 

प्रजिअ सेढाईंले सूचना लिनु र दिनु भनेको सेवाग्राहीप्रति जिम्मेवार हुनु रहेको बताए । उनले भने, ‘जनताको सेवालाई पारदर्शी रूपमा वितरण गर्न सकिए मात्र सुशासनले सार्थकता पाउँछ ।’

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले सार्वजनिक सेवाप्रदायक सरकारी कार्यालयले सूचना सार्वजिक गर्दा सेवाप्रदायक संस्था र नागरिकबीच विश्वासको सम्बन्ध निर्माणमा सहयोग पुग्छ’, उनले भने, ‘सेवा प्रवाहको विषयमा सुसूचित गराउनु भनेको कार्यालयसँग सेवाग्राहीको पहुँच सहज बनाउनु हो ।’

 

पत्रकार महासंघ प्रदेश उपाध्यक्ष सोम सुशेलीले सार्वजनिक भएका सूचनाले सेवाप्रदायक र सेवाग्राहीलाई सहज हुने बताए । 

 

स्थानीय तहका सूचना अधिकारीले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को विषयमा कर्मचारी, जनप्रतिनिधि र सेवाग्रहीलाई जानकारी दिन सके सूचनाविहीनताको दूरी हटेर विश्वासको वातावरण निर्माणमा सघाउन पुग्ने धारणा व्यक्त गरे ।

 

उनीहरूले भने, ‘सूचना अधिकारीको जिम्मा पाएका छौँ । हाम्रो पालिकामा अर्को पनि जिम्मेवारी भएकाले समयमै सूचना दिन सकेका छैनौँ । सूचना ढिलो दिनुको कारण सबै सूचना समयमै जानकारी नपाउनु हो ।’

 

सार्वजनिक निकायको स्थिति विवरण पुस्तक सार्वजनिक

 

अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको जिल्लाको सार्वजनिक निकायको स्थिति विवरण पुस्तक सार्वजनिक गरेको छ ।

 

इलाममा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूको स्थिति विवरण, २०७७ नामक पुस्तकमा सार्वजनिक निकायको अहिलेको अवस्थाबारे जानकारी समेटिएका छन् ।

 

जिल्लामा भएका संघीय, प्रदेश र स्थानीय तहको विवरण समेटिएको छ । पुस्तकले सार्वजनिक निकायबाट प्राप्त हुने सेवा र गरेको काम-कारबाहीको संक्षिप्त रूपमा जानकारी दिने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए ।

 

पुस्तकमा ६७ सार्वजनिक सेवाप्रदायकको जानकारी समेटिएको छ । संघीयअन्तगर्तका ३३, प्रदेशअन्तर्गतका ११ कार्यालयले गरेको कामको संक्षिप्त विवरण उल्लेख छ । 

 

यस्तै, जिल्ला समन्वय समितिसहित १० वटै स्थानीय तहले गरेको कामको विषयमा जानकारी लिन सकिनेछ । ६ वटा संस्थानअन्तर्गतका समितिका कार्यालय, ३ वटा बैंक तथा वित्तीय संस्थाबारे बुझ्न सकिनेछ ।

 

जिल्ला प्रशासन एसडीएमएस प्रणालीमा जोडिने

 

इलाम जिल्ला प्रशासन कार्यालयमा सर्भिस डेलिभरी मेनेजमेन्ट सिस्टम (एसडीएमएस) प्रणालीमा जोडिने भएको छ । सेवाग्राहीलाई सहज सेवा दिन एसडीएमएस प्रणालीमा लैजान लागिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी गराए ।

 

जिल्ला प्रशासनमा एसडीएमएस प्रणाली जडान भए कार्यालयबाट प्रदान हुने सेवाको विषयमा वडा तथा पालिकामा सिफारिसको काम, नागरिकता, एमआरपी पासपोर्टको कागजात सुनिश्तिता हुनेछ ।