close

मिक्वाखोलामा दिवा खाजा कार्यक्रम : एकीकृत पाठ्यक्रम र विद्यार्थी विवरण दिने विद्यालयलाई मात्र रकम

मिक्वाखोलामा दिवा खाजा कार्यक्रम : एकीकृत पाठ्यक्रम र विद्यार्थी विवरण दिने विद्यालयलाई मात्र रकम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले एकीकृत पाठ्यक्रम (आइईएमआईएस) का आधारमा विद्यार्थीको विवरण अद्यावधिक गर्ने विद्यालयलाई मात्र दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ । 

 

गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको आइईएमआईएसमा विद्यार्थी विवरण अद्यावधिक गरेको लिखित जानकारी र सोबमोजिमको विद्यार्थी विवरण भए मात्र दिवा खाजाको रकम उपलब्ध गराउने भएको हो । 


गाउँपालिकाका शिक्षा अधिकृत प्रवीन राईले आईईएमआईएसमा विद्यार्थी विवरण अद्यावधिक गरी सोहीअनुसार विवरणको दैनिक हाजिरीसमेतका आधारमा मात्र दिवा खाजा रकम उपलब्ध गराइने जानकारी दिए ।

 

गाउँपालिकाले सर्तअनुसारको प्रक्रिया पूरा गरेका विद्यालयलाई चौमासिक रूपमा दिवा खाजा रकम माग गर्न पालिकाभरिका सबै सामुदायिक विद्यालयलाई आग्रह गरेको छ । 

 

गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले दिवा खाजा रकम उपलब्ध गराइने भनेको छ ।

 

जंक फुड प्रयोग नगर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने र विद्यार्थीको दैनिक विवरणका आधारमा मात्र दिवा खाजाको रकम उपलब्ध गराउने गाउँ शिक्षा समितिको तयारी छ ।