close

सर्वपक्षीय बैठकले खुलायो हिमालय माविको ताला 

सर्वपक्षीय बैठकले खुलायो हिमालय माविको ताला 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालय मावि नायगाडमा सर्वपक्षीय बैठकपछि तत्काललाई विद्यार्थीले लगाएको ताला खुलाइएको छ । शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीले विद्यालयमा लगाएको ताला बुधबार सर्वपक्षीय बैठकपछि तत्कालका लागि खुलाइएको हो । 

 

विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकसमेत सहभागी छलफलबाट तालाबन्दी खोल्ने सहमति जुटेको हो । छलफलमा विद्यार्थीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको छ । प्राध्यानाध्यापक मोहनकुमार रोका मगर टिपीडी तालिमको सिलसिलामा बाहिर रहेकाले उनी फर्केलगत्तै विद्यार्थीका माग सम्बोधन हुने प्रतिबद्धता आएपछि विद्यार्थीहरू ताला खोल्न तयार भएका हुन् । 

प्रधानाध्यापक रोका फर्कनासाथ अभिभावक बेला आह्वान गरी विद्यार्थीका माग पूरा गर्ने सर्वपक्षीय बैठकबाट सहमति भएपछि अब पठनपाठन सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितप्रसाद घर्ती मगरले जानकारी दिए । 

 

जनप्रतिनिधिबाट वसन्ती घर्ती मगर, विव्यसबाट जीतप्रसाद घर्ती र खड्क केसी, राजनीतिक दलबाट माओवादी केन्द्रका प्रतिनिधि चन्द्रराज झाँक्री मगर, विद्यालयबाट निमित्त प्रधानाध्यापक पदमबहादुर खड्का तथा विद्यार्थी प्रदीपकुमार कामी, पसलमान घर्ती, विपना विकलगायतले सहमतिमा हस्ताक्षर गरे । प्रधानाध्यापक फर्किएलगत्तै विद्यार्थीको माग सम्बोधन हुने भएपछि जारी आन्दोलन रोकिएको अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य तिलकराज रसाइलीले बताए ।