close

शुल्क मिनाहाकाे माग राख्दै माडी क्याम्पसमा विद्यार्थीले लगाए ताला 

शुल्क मिनाहाकाे माग राख्दै माडी क्याम्पसमा विद्यार्थीले लगाए ताला 

Trulli
ADVERTISEMENT

चितवन/माडी- चितवनको माडी नगरपालिकामा रहेको माडी क्याम्पसमा लकडाउन अवधिको सम्पूर्ण शुल्क छुटको माग गर्दै तालाबन्दी गरिएको छ ।


नेविसंघ, अखिल क्रान्तिकारी), र अखिल (क्रान्तिकारी विप्लव) माडी क्याम्पस इकाइ समितिले संयुक्त रूपमा क्याम्पसमा तालाबन्दी गरेका हुन् । 

 

३ वटै विद्यार्थी संगठनका क्याम्पस इकाइ अध्यक्ष क्रमशः पदमविलास पन्त, सुरज लामिछाने र रवीन्द्र अर्यालले संयुक्त रूपमा प्रशासनलाई मागपत्र बुझाएर क्याम्पसमा तालाबन्दी गरेका हुन् । 

 

विद्यार्थीले लकडाउन अवधिको शुल्क मिनाहा गर्नुपर्ने र सम्पूर्ण प्रयोगात्मक अभ्यास सञ्चालन गर्नुपर्ने अन्यथा शुल्क लिन नपाइनेलगायत माग राखेका छन् ।

 

मौखिक रूपमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदासमेत माग पूरा नभएकाले तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूले बताए ।