close

स्कुल जानै छोडिन् 'प्रधानमन्त्रीकी छोरी'

अभिभावक बनेको ३ वर्षदेखि फर्किएरै हेरेनन् ओलीले 

स्कुल जानै छोडिन् 'प्रधानमन्त्रीकी छोरी'

अभिभावक बनेको ३ वर्षदेखि फर्किएरै हेरेनन् ओलीले 

Trulli
ADVERTISEMENT

मुगु– प्रधानमन्त्री केपी ओलीबाट अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ की छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन् ।


कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर, २ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा प्रधामन्त्रीकै छोरी भनेर आफन्तले नै गिज्याउन थालेका छन् ।
 
लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक कापी, कलम, डे«स नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । 


घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामालाई प्रधानमन्त्री ओलीले अभिावकत्व ग्रहण गरेका थिए । अहिले घरमा बिहान–बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ । 


परिवारका अनुसार लामालाई प्रधानमन्त्रीले आफ्नी छोरीसरह मानेर अभिभावकत्व ग्रहण गरे पनि पठनपाठनलगायत अन्य स्रोतमा सहयोग गरेका छैनन् । प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष पुग्दासमेत हाल सम्म २ पटक मात्र १०/१० हजार रुपैयाँ नगद र १ पटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन् । 


‘विद्यालय पठाउँदा साथीभाइ, गाउँघरका आफन्तले पनि नातिनीलाई प्रधानमन्त्रीकी छोरी भनेर जिस्काउने गरेका छन् । यस्तो अवस्था सहन नसकेर नातिले आजभोलि विद्यालय जानै छाडिन्’, बाजे छिरिङ क्यामा लामाले भने । 


रारा पर्यटन महोत्सवमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनको अवस्था पनि उस्तै छ । 


प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन् । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व ग्रहण गरेका छोरी र अन्य मन्त्री, सांसदहरूले अभिभावकत्व लिएका छोरीको हालत पनि उस्तै छ । 


बुद्ध माध्यमिक विद्यालय माग्रीगाउँका प्रधानध्यापक टीकाप्रसाद उपाध्याका अनुसार लामाका अभिभावकले प्रधानमन्त्रीले २ पटक सहयोग गरे पनि त्यसपछि कुनै सहयोग आएको छैन ।