close

करारमा ५ दर्जन शिक्षक भर्ती गर्दै बर्दिबास 

करारमा ५ दर्जन शिक्षक भर्ती गर्दै बर्दिबास 

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा शिक्षक कम भएएपछि एकैपल्ट ६२ जना शिक्षक नियुक्तिको तयारी गरेको छ ।

 

नगरपालिकाभरका ५० वटा सामुदायिक विद्यालयमा आवश्यक्ताअनुसार शिक्षक थप्ने निर्णयसहित ६२ जना शिक्षक करारमा नियुक्त गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

 

गुणात्मक शिक्षाका लागि नगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख विदुर कार्कीले बताए । विद्यालयमा आफ्नै पाठ्यक्रम लागू गर्ने गृहकार्य भइरहेको उनले जानकारी दिए ।

 

‘आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध छ’, कार्कीले भने ।

 

माध्यमिक तहका लागि १५, निम्न माध्यमिकमा २७, प्राथमिक तहका लागि १३ जना कम्प्युटर सहायक ७ जना गरी वैशाखसम्म ६२ जना शिक्षक नियुक्त गरिसक्ने नगरपालिकाले बताएको छ ।

 

नगरपालिकाभरका ५० विद्यालयमा हाल १८ हजार विद्यार्थी अध्ययनरत छन् ।