close

प्रविधिमैत्री बाल कक्षा चलाउँदै गौरीगंगा 

प्रविधिमैत्री बाल कक्षा चलाउँदै गौरीगंगा 

Trulli
ADVERTISEMENT

धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बाल कक्षा सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको शंकर आधारभूत विद्यालयमा वडाध्यक्ष हरिप्रसाद तिवारीले प्रविधिमैत्री बाल कक्षाको उद्घाटन गरे ।

 

आर्थिक वर्ष २०७७/७८ मा वडाबाट विनियोजित बजेटले बाल विकास कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी जडान गरिएको छ । स्मार्ट टिभी जडानले बाल कक्षामा प्रविधिको प्रयोगबाट आधुनिक तरिकाले अध्यापन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक गणेश विकले बताए ।

 

वडाका सम्पूर्ण सामुदायिक विद्यालयका बाल कक्षामा स्मार्ट टिभी जडानले बालबालिका टिकाउन र सामाजिक शैक्षिक विभेद अन्त्यका लागि सहयोग पुग्ने विश्वास लिइएको वडाध्यक्ष तिवारीले जानकारी दिए ।

 

स–साना बालबालिका घरबाट विद्यालय आउँदा–जाँदा प्रविधि प्रयोग र बाल कक्षालाई प्रविधियुक्त बनाउन आवश्यक देखिएकाले वडाबाट २ लाख रुपैयाँ विनियोजन गरेर कार्यान्वयनमा ल्याइएको अध्यक्ष तिवारीको भनाइ छ ।