close

बाजुराको धुरालसैन माविका २ सय बढी विद्यार्थी बिरामी

बाजुराको धुरालसैन माविका २ सय बढी विद्यार्थी बिरामी

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थी बिरामी परेका छन । ५ दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ ।

 

विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको विद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब ताराकुमारी खत्रीले जानकारी दिइन् ।


 
‘बिरामी भएपछि सरले धेरैलाई घर पठाइसकेका रहेछन् । २० जना बढी विद्यार्थीलाई चेकजाँच र उपचार गरेँ । सुरुमा कापेर २ दिनसम्म लगातार ज्वरो आउने र विस्तारै कम भएर ठीक हुने देखियो’, खत्रीले भनिन् ।


 
४ दिनयता दैनिक १५ जना बढी बिरामी हुने गरेको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए । सोमबार मात्रै कक्षा ७ का एकै पटक १० जना विद्यार्थी बिरामी परेका छन् । 

 

विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको उनले जानकारी दिए । विद्यालयले बिरामी परेका विद्यार्थीलाई घर पठाइने गरेको जनाएको छ ।


 
विद्यार्थी बिरामी भएको जानकारी आएपछि नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित विद्यालयमा पठाएको बूढीगंगा नगर प्रमुख दीपकविक्रम शाहले बताए । ‘त्यहाँको अवस्था बुझ्न र उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाएका छौँ,’ गाउँमा समेत रुघाखोकीका बिरामी बढेका छ’, शाहले भने ।

 

बूढीगंगा स्वास्थ्य शाखामा कार्यरत हस्त खडायतका अनुसार अहिले स्वास्थ्यकर्मी पठाइमा मंगलबारसम्म चिकित्सकसहितको टोली त्यहाँ पठाउने तयारी छ । कुन रोगले विद्यार्थी बिरामी भएका हुन्, त्यो भने जानकारी नभएको उनको भनाइ छ ।