close

कोरोनाको हटस्पट बन्दै नेपालगन्ज

नगरपालिकाद्वारा एक सातका लागी विद्यालय बन्द

कोरोनाको हटस्पट बन्दै नेपालगन्ज

नगरपालिकाद्वारा एक सातका लागी विद्यालय बन्द

Trulli
ADVERTISEMENT

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरले शुक्रबारदेखि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।

 

नेपालगञ्ज उपमहानगरको विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले १ साताका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

 

नेपालगञ्जमा पछिल्लो समय कोभिड-१९ संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

 

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । 

 

बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । 

 

मास्क अनिवार्य लगाउनेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल, व्यवसाय कम्तीमा १ साताका लागि बन्द गर्ने निर्णय समितिको छ । 

 

घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।