close

खार्पुनाथको  शैक्षिक प्रोफाइल

खार्पुनाथको  शैक्षिक प्रोफाइल

Trulli
ADVERTISEMENT

हुम्ला- शिक्षा क्षेत्रमा सुधारका लागि हुम्लाको खार्पुनाथ गाउँपालिकाले आफ्नो पालिकाभित्रको शैक्षिक प्रोफाइल तयार गरी प्रकाशन गरेको छ ।

 

पालिकाको समग्र शिक्षा क्षेत्रको यथार्थ विवरण सार्वजनिक गरी विकास गर्न शैक्षिक प्रोफाइल तयार गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

 

प्रोफाइल निर्माणपछि गाउँपालिकाको शिक्षाको अवस्थाबारे जोकोहीले सहजै जान्न र बुझ्न सहज हुने पालिकाको विश्वास छ ।

 

प्रोफाइलमा आधारभूत र माध्यमिक तहका विद्यालय, छात्रछात्रा संख्या, भौतिक पूर्वाधारको अवस्था, शिक्षक-विद्यार्थी अनुपात, शिक्षक संख्या, महिला र समावेशी शिक्षक संख्या, विद्यालय व्यवस्थापन समितिमा सहभागिता आदि विषयलाई समेटेको अध्यक्ष रावलले जानकारी दिए ।

 

दिवा खाजा, छात्रवृत्ति पाउने विद्यार्थीको संख्या, खेल मैदान, घेराबारको अवस्था पनि प्रोफाइलमा समेटिएको छ । शिक्षा क्षेत्रका उपलब्धि, समस्यालाई पनि प्रोफाइलमा समेटिएको छ ।