close

शिक्षामा ताप्ली गाउँपालिकाको लोभलाग्दो लगानी 

शिक्षामा ताप्ली गाउँपालिकाको लोभलाग्दो लगानी 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकाले पालिका क्षेत्रका आधारभूत विद्यालयलाई वैकल्पिक सिकाइ सहजीकरणका लागि प्रविधि हस्तान्तरण गरेको छ । कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई वैकल्पिक सिकाइ सहजीकरण गर्न विद्यालयमा आधारित सामुदायिक अस्थायी सिकाइ केन्द्रको अवधारणाअनुसार विद्यालयलाई प्रविधि हस्तान्तरण गरिएको हो ।


गाउँपालिकामा सिकाइ केन्द्र विकास गर्दै फ्रि वाईफाई जोन अवधारण अगाडि सारिएको छ । इन्टरनेटमा उपलब्ध हुने छापा सामग्रीलगायत विभिन्न सिकाइ सामग्री विद्यार्थीलाई वितरण गरी सिकाइमा अग्रसर गराउने अवधारणाका साथ प्रविधि हस्तान्तरण गरिएको ताप्ली गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जु दाहालले बताइन् ।

 

ताप्लीको शिक्षा समितिको निर्णयअनुसार गाउँपालिकाका विभिन्न ९ आधारभूत विद्यालयलाई ल्यापटप, प्रिन्टर स्क्यान खरिद गरेर उपलब्ध गराइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए ।


शिक्षण सिकाइलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने योजनाअनुसार आगामी आर्थिक वर्षभित्र इन्टरनेट जडान गरेर थप प्रभावकारी बनाउन लागिएको हो । त्यसका लागि विद्यालयलाई ल्यापटप, प्रिन्टर, स्क्यान मेसिन गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा, उपाध्यक्ष कमलमाया राईले हस्तान्तरण गरे । 


पालिकाले कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका लागि सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ ।

 

छात्रालाई निःशुल्क स्यानिटरी प्याड

गाउँपालिले पालिकाभित्रका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न स्थानीय स्तरमै स्यानिटरी प्याड उत्पादन प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत लामाले बताए ।


पालिकाका ५ वटा वडाकै आधारभूत विद्यालयमध्ये पहिलो चरणमा छनोट भएकालाई प्रविधि हस्तान्तरण गरिएको हो ।