close

भीरकोटको वडा नम्बर ५ का विद्यार्थीका घरमा निःशुल्क इन्टरनेट

भीरकोटको वडा नम्बर ५ का विद्यार्थीका घरमा निःशुल्क इन्टरनेट

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले प्रत्येक विद्यार्थीको घरघरमा निःशुल्क इन्टरनेट जडान गर्ने भएको छ । 

 

विद्यार्थीको पढाइलाई निरन्तरता दिन निःशुल्क इन्टरनेट जडान गर्न लागिएको वडा नम्बर ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए ।


कोभिड-१९ का कारण वडाभित्रका नागरिकका छोराछोरीको अध्ययनमा प्रभाव परेपछि अनलाइन कक्षाका लागि वडाले निःशुल्क इन्टरनेट जडान गर्ने निर्णय गरेको अधिकारले बताए । 

 

वडाले निःशुल्क इन्टरनेट जडान गरिदिने भएपछि विद्यार्थीका अभिभावक खुसी भएका छन् ।

 

वडाले इन्टरनेट जडानका लागि वालिङ इन्टरनेट प्रालिसँग सम्झौता गरेको छ । विद्यार्थी भएका घरका अभिभावकले इन्टरनेट जडान गर्न वडाको सिफारिस लिनुपर्नेछ ।