close

ताप्ली पालिकामा बाल विकास केन्द्रका शिक्षिका आन्दोलित

ताप्ली पालिकामा बाल विकास केन्द्रका शिक्षिका आन्दोलित

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा कार्यरत शिक्षिकाहरू आन्दोलित भएका छन् । बाल विकासका शिक्षिकाको तलब सरकारले १५ हजार रुपैयाँ बनाए पनि गाउँपालिकाले कार्यान्वयन नगर्ने बताएपछि उनीहरू आन्दोलित भएका हुन् । 

 

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाल विकास केन्द्रका शिक्षिका, कार्यालय सहयोगी तथा लेखापालको तलब भत्ता मासिक १५ हजार रुपैयाँ पु¥याउने घोषणा गरेका थिए । यसमध्ये केन्द्र सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार रुपैयाँ स्थानीय तहले व्यवस्थापन गर्ने गरी बजेट विनियोजन भएको थियो ।

 

ताप्ली पालिकाभित्रका बाल विकासका शिक्षिकाले गाउँपालिकाका प्रमुख उद्धवसिंह थापालाई १५ हजार रुपैयाँ तलब भत्ता कायम हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । थापाले बजेट अभावका कारण यो वर्ष बाल विकासका शिक्षिकालाई १५ हजार तलब भत्ता उपलब्ध गराउन नसकिने बताएपछि उनीहरू आन्दोलित भएका हुन् ।