close

नमुना विद्यालयको बजेट निकासा गर्न स्थानीय तहलाई पत्र 

नमुना विद्यालयको बजेट निकासा गर्न स्थानीय तहलाई पत्र 

Trulli
ADVERTISEMENT

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालयसँग सम्बन्धित बजेट निकासाका लागि स्थानीय तहलाई परिपत्र गरेको छ । केन्द्रले नमुना विद्यालयसँग सम्बन्धित स्थानीय तहलाई बजेट निकासाका लागि परिपत्र गरेको हो । पत्रमा कार्यान्वयनको भरपर्दो सुनिश्चितता कायम गरी नमुना विद्यालय सुधार गुरुयोजनाअनुरूप भौतिक निर्माण अनुदान शीर्षकमा उल्लेख भएअनुसार कार्यक्रम अघि बढाउन यस्ता विद्यालयलाई रकम निकासा गरी कार्य सम्पादनको अनुगमन, नियम एवं प्राविधिक सहयोग गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ । 


परिपत्रअनुसार गत वर्ष नमुना विकासका लागि छनोट भएका विद्यालयमध्ये केहीका लागि तोकिएको रकम उक्त विद्यालयका खातामा निकासा नभएको स्मरण गर्दै केन्द्रले गुरुयोजनामा समाविष्ट गरिएका स्वीकृत कार्यक्रम सम्पन्न गर्न कठिनाइ भएको अवस्थामा तोकिएको रकम पुनः उपलब्ध गराइदिन केन्द्रमा अनुरोध भएको उल्लेख छ ।

 

पत्रमा चालू आर्थिक वर्षमा पनि नमुना विद्यालय विकासका लागि विनियोजन गरिएको बजेट रकमबाट कोभिड महामारीका कारणले अपेक्षित रूपमा निर्माण कार्य सम्पन्न हुन ढिला हुन सक्ने सम्भावना रहेको तथा यो वर्ष खर्च हुन नसकेको रकम अर्को वर्ष उपलब्ध हुन सक्ने व्यवस्थासमेत नभएकाले कार्यान्वयनको भरपर्दो सुनिश्चितता कायम गरी कार्यक्रम कार्यान्वयन पुस्तिकामा रहेको नमुना विद्यालय सुधार गुरुयोजनाअनुरूप भौतिक निर्माण अनुदान उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरिएको छ । 

 

विद्यालय क्षेत्र विकास कार्यक्रमको स्रोत निकासा 

यसैबीच महालेखा नियन्त्रकको कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) र सोअन्तर्गत सबै प्रदेश तथा स्थानीय तहका विबत्तीय हस्तान्तरण भएको बजेट रकममध्ये वार्षिक स्वीकृत कार्यक्रम र अख्तियारीअनुसार तेस्रो चौमासिकसम्मको स्रोत फुकुवा भएको जनाएको छ । 

 

उक्त अनुदानको खर्च शीर्षक नम्बर २६३३२ मा विनियोजित रकममध्ये सब-बजेट शीर्षक विद्यालय क्षेत्र सुधार कार्यक्रम जिल्ला स्तरसमेतमा चालू आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक स्रोत शोधभर्ना हुने अनुदान तथा ऋणतर्फको बजेट रकममध्ये वार्षिक स्वीकृत कार्यक्रम र अख्तियारी एलएमबिआईएसअनुसार तेस्रो चौमासिकसम्मको स्रोत फुकुवा भएको उल्लेख गरिएको छ ।