close

ताप्लेजुङका ३ सहित देशभरका १६३ स्थानीय तहले पाए शिक्षकको नपुग तलबभत्ता

ताप्लेजुङका ३ सहित देशभरका १६३ स्थानीय तहले पाए शिक्षकको नपुग तलबभत्ता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले ताप्लेजुङका ३ सहित देशभरका १ सय ६३ स्थानीय तहमा कार्यरत शिक्षकको नपुग तलबभत्ता रकम निकासा गरेको छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालू आर्थिक वर्ष २०७८/७९ को आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि तलबभत्ता शीर्षकमा बजेट कम भई नपुग बजेट व्यवस्थाका लागि केन्द्रमा रकम माग गरेका स्थानीय तहलाई नपुग रकम पठाएको हो ।

 

ताप्लेजुङको फुङ्लिङ नगरपालिकालाई ६० लाख, मैवाखोला गाउँपालिकालाई ३५ लाख ६५ हजार र सिरिजंगा गाउँपालिकालाई ६९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको जनाएको छ । 


यस्तै, पाँचथरका कुम्मायक गाउँपालिकालाई १ लाख ५९ हजार, मिक्लाजुङलाई १ करोड १७ लाख २ हजार र हिलिहाङलाई ६ लाख ४५ हजार रुपैयाँ रकम निकासा भएको छ । इलामको इलाम नगरपालिकालाई ३२ लाख ६२ हजार रुपैयाँ निकासा भएको छ ।

 

बजेट शीर्षक नम्बर ३५००००१४ मार्फत आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलबभत्ता शीर्षकमा बजेट स्वीकृत भई सम्बन्धित स्थानीय तहको एलएमबीआइएसमा प्रविष्ट भइसकेको केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । सरकारले १ अर्ब ४ करोड ५३ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ ।