close

नमुना विद्यालय विकास कार्यक्रमको बजेट निकासा दिन स्थानीय तहलाई पत्र

नमुना विद्यालय विकास कार्यक्रमको बजेट निकासा दिन स्थानीय तहलाई पत्र

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले नमुना विद्यालय विकास तथा विद्यालय प्रबलीकरण कार्यक्रमको विनियोजित रकम सम्बन्धित विद्यालयलाई निकासा दिन देशभरका सबै स्थानीय तहलाई पत्र लेखेको छ ।


शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय भवन प्रबलीकरण र नमुना विद्यालय विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट कार्य सम्पन्न हुन नसकेको अवस्थामा उक्त शीर्षकमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्था भएको छैन ।

लेखा परीक्षण प्रतिवेदन, सामाजिक परीक्षणलगायतका लागि सम्बन्धित विद्यालयलाई नै जिम्मेवार र जवाफदेही बनाउने गरी स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट सम्बन्धित विद्यालयको खातामा निकासा दिन स्थानीय तहलाई भनेको छ ।