close

सिरिजंगाले भन्योः डाक्टर पढ्न आउनू 

सिरिजंगाले भन्योः डाक्टर पढ्न आउनू 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि आवेदन पेश गर्न आह्वान गरेको छ । 

 

सिरिजंगा गाउँपालिकाको छात्रवृत्ति व्यवस्था ऐन २०७८ अनुसार छात्रवृत्ति पाउन १५ दिन भित्रमा पालिकामा आवेदन दिइसक्नुपर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार आवेदनका साथ आवेदकले एकीकृत एमबीबीएस प्रवेश परीक्षा नतिजाको योग्यताक्रम सूची, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इसईई र सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र स्थायी बसोबास खुल्ने कागजातको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ । 

 

गाउँपालिकाले सबैभन्दा पहिला पालिका क्षेत्रका नागरिकलाई प्राथमिकता दिने छ । पालिका क्षेत्र भित्र योग्य योग्य विद्यार्थी नभेटिए ताप्लेजुङ जिल्लाका अन्य स्थानीय तह भित्रका विद्यार्थीलाई सिरिजंगा गाउँपालिकाको छात्रवृत्ति व्यवस्था ऐन बमोजिम एमबीबीएस अध्ययन छात्रबृत्ति उपलब्ध गराइने समेत गाउँपालिकाले जनाएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उर्तीण भइ नेपालको कुनै पनि विश्वविद्यालयमा एमबीबीएस अध्ययनका लागि छनौट भएका एकजना सिरिजंगावासीलाई प्रत्येक वर्ष आवास सहितको एमबीबीएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने गरी ऐन  बनेको छ । 

 

चालू आर्थिक वर्षको नीति र कार्यक्रममार्फत बजेटको व्यवस्था भएको एमबीबीएस अध्ययनसहित पालिकाले प्रदान गर्ने सबै किसिमको छात्रवृत्ति व्यवस्थापनका लागि गाउँपालिकाले ऐन बनाइ लागु गरिसकेको छ ।