close

पालिकाखबर प्रभाव: ५ दिनमै आइपुग्यो पाठ्यपुस्तक   

पालिकाखबर प्रभाव: ५ दिनमै आइपुग्यो पाठ्यपुस्तक   

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा ५ दिन भित्रै पाठ्यपुस्तक आइपुगेका छन् । शैक्षिक  सत्र सुरु भएको २ महिना बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको थिएन । 


पालिका खबरमा मुगुमा अझै पुगेनन् पाठ्यपुस्तक शीर्षकमा समाचार प्रकाशित भएपछि छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ्ग गाउँपालिका र पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले चासो देखाएपछि मुगुमा ५ दिन भित्रै पाठ्यपुस्तक पुगेको हो  ।


 जिल्लाका २ स्थानीय तहमा गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि अब १३ हजार भन्दा बढी विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुगेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मी भामले जानकारी दिए । 


उनका अनुसार ६३ वटा सामुदायिक विद्यालयमा पुस्तक पुगेका छन् । भामका अनुसार अब विद्यार्थीले पुस्तक अभाव झेल्नुपर्ने छैन । 


उनका अनुसार ६३ वटा विद्यालयको लागि कक्षा १, मा ८ सय ५६ सेट, कक्षा २ मा ८ सय ७१ सेट, कक्षा ३ मा ७ सय ९९ सेट, कक्षा ४ मा ४ सय २७ थान, कक्षा ५ मा ७ सय २१, कक्षा ६ मा ५ सय ६४, कक्षा ७ मा ५ सय ८५, कक्षा ८ मा  ५ सय २५, कक्षा ९ मा ६ सय ९९  र कक्षा १० को लागि १ सय ४१ सेट पाठ्यपुस्तक उपलव्ध भएकोे प्रोपाईटर भामको भनाइ छ । 

 


जिल्लाका  सामुदायिक तथा निजी गरी १ सय ४० विद्यालयमा अध्ययनरत १३ हजार २ सय बढी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेका हुन् ।  


समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको थियो । छायानाथभित्र अध्ययनरत १ देखि १० कक्षा सम्मका बालबालिकालाई पाठ्यपुस्तक खरिदका लागि ३१ लाख ४४ हजार रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइ सकिएको छ ।