close

तीन स्थानीय तहका विद्यार्थीलाई भेरोसेल खोप

तीन स्थानीय तहका विद्यार्थीलाई भेरोसेल खोप

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा विद्यालय स्तरका विद्यार्थीलाई भेरोसेल खोप लाउन सुरु गरिएको छ । बिहीबारबाट ३ स्थानीय तहमा खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको हो । 


सिद्धिचरण नगरपालिका, मोलुङ र सुनकोसी गाउँपालिकामा कक्षा ११ र १२ का १८ वर्ष उमेर पुगेका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । 


पन्तका अनुसार परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप दिएर मात्र परीक्षा केन्द्रमा पठाउने सरकारी नीतिअनुसार खोप दिन सुरु गरिएको हो । 


पहिलो चरणमा ३ स्थानीय तहमा सुरु भए पनि जिल्लाभरका सबै ८ स्थानीय तहमा खोप अभियान सुरु हुनेछ । जिल्लाका सबै तहमा १ हजार जना १८ वर्ष उमेर पुगेका विद्यार्थीलाई खोप लाउन लक्ष्य छ । 


यसैबीच विश्वविद्यालय स्तरका विद्यार्थीले खोप लगाउनुपर्ने माग गरेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठले १८ वर्ष पुगेका सबै तहका विद्यार्थीलाई विद्यार्थी भर्नाका आधारमा खोप दिने व्यवस्था गर्न माग गरे । 


हालै स्नातक तहको पहिलो वर्षका परीक्षा सकिएका र स्नातकोत्तर तहको परीक्षा आउन लागेको अवस्थामा क्याम्पस तथा विश्वविद्यालय तहका विद्यार्थीलाई खोपबाट वञ्चित गराइनु गलत भएको प्राध्यापक तथा विद्यार्थीको भनाइ छ ।