close

विद्यालयका शिक्षकलाई चाँगुनारायणको तालिम

विद्यालयका शिक्षकलाई चाँगुनारायणको तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यालयका शिक्षकलाई प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिने तालिम दिएको छ । गुणस्तरीय र व्यावहारिक प्रश्नपत्र निर्माणका लागि नगरपालिकाले शिक्षकलाई तालिम दिएको हो ।

 

नगरपालिकाले नगरभित्रका सबै विद्यालयको प्रश्नपत्र फरक–फरक आउने भएकाले एकरूपता ल्याउन तालिम दिएको हो ।  नगरपालिकाको शिक्षा शाखाका आयोजनामा भएको कार्यक्रममा नगरभित्रका ६० जना शिक्षक÷शिक्षिकाको सहभागिता थियो । 

 

दुई दिने तालिम खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । तालिममा नेपाली, गणित, अंग्रेजी, सामाजिक र विज्ञान अनिवार्य र अन्य सम्पूर्ण विषयलाई समेटी ६ वटा कक्षामा तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

 

‘प्रश्नपत्र निर्माण गर्दा विद्यालयअनुसार फरक–फरक भएको पाइन्छ । एक विद्यालयमा भएको प्रश्नपत्रको नमुना अर्को विद्यालयमा लागू नहुने भएकाले सबैमा समान खाले प्रश्नपत्र निर्माण गर्न÷ गराउन तालिम दिएका हौँ’, नगर शिक्षा शाखा अधिकृत दिनेश अर्यालले भने ।

 

उनका अनुसार नगरभित्रका सबै विद्यालयमा समान खाले प्रश्नपत्र निर्माण गराउन र ती प्रश्नपत्रलाई व्यवहारमुखी बनाउन पालिकाले तालिम दिएको हो । लामो समयदेखि शैक्षिक पेसामा कार्यरत रहे पनि प्रश्न निर्माण गर्दा आउने उल्झन तालिम लिएपछि प्रश्नपत्र निर्माणमा सहज हुने सहभागीले बताए ।