close

सिकाइ सहजीकरण थाल्न पाथीभरा याङ्बरकको परिपत्र 

सिकाइ सहजीकरण थाल्न पाथीभरा याङ्बरकको परिपत्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले १५ भदौदेखि सिकाइ सहजीकरण गर्न पालिकाभरका विद्यालयलाइ परिपत्र गरेको छ । पालिकाको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुन श्रेष्ठले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ तथा अभिभावकसमेतको उपस्थितिमा बैठक बसी सिकाइ सहजीकरणका मापदण्ड तय गर्न आग्रह गरे ।

 

विद्यालयले आफ्नो अनुकूलतामा विद्यालयमा जोरबिजोर कक्षा सञ्चालन वा अन्य कुनै वैकल्पिक माध्यमबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सिकाइ सहजीकरण गर्न भनिएको छ ।

 

कोरोना संक्रमणका कारण लामो समय पठनपाठन बन्द भई अहिलेसम्म भएको शैक्षिक क्षति न्यूनीकरण गर्न यो अभियान सञ्चालन गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।