close

भक्तपुरकै नमुना बागिश्वरी विद्यालय : वार्षिक छात्रवृत्तिमै छुट्याउँछ १ करोड 

भक्तपुरकै नमुना बागिश्वरी विद्यालय : वार्षिक छात्रवृत्तिमै छुट्याउँछ १ करोड 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको एक सरकारी शैक्षिक संस्थाले वार्षिक करिब २३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । भक्तपुर नगरपालिकाको च्याम्हासिंहमा रहेको बागिश्वरी माध्यमिक विद्यालय र बागिश्वरी कलेजले २२ करोड ९३ लाख २८ हजार ३ सय ३९ रुपैयाँको बजेट विनियोजन गरेको हो । जिल्लाकै उत्कृष्ट संस्थाको रूपमा परिचित शैक्षिक संस्थाले भर्चुअल कार्यक्रममार्फत आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको हो । 

 

बागिश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाका अनुसार विद्यालयको बजेट १७ करोड २१ लाख७५ रुपैयाँ विनियोजन गरिएको छ । बजेटमध्ये प्राविधिक शिक्षातर्फ २ करोड ६५ लाख ८१ हजार १६९ रुपैयाँको बजेट रहेको छ ।


बागिश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले ५ करोड ७२ लाख २८ हजार २६४ रुपैयाँको बजेट रहेको जानकारी दिए । स्कुल र कलेजको गरी कुल बजेट करिब २३ करोड रुपैयाँ पुगेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झन्डै १ करोड रुपैयाँको छात्रवृत्ति दिँदै आएको छ । च्याम्हासिंह र कमलविनायक गरी संस्थाले दुई स्थानबाट सेवा दिँदै आएको छ । संस्थाले विद्यालयसँगै कलेजमा स्नातकोत्तर तहसम्मको पढाइ अध्यापन गराउँदै आएको छ ।