close

शून्य विद्यार्थी भएको विद्यालयमा ८ स्थायी शिक्षक !

शून्य विद्यार्थी भएको विद्यालयमा ८ स्थायी शिक्षक !

Trulli
ADVERTISEMENT

काठमाडौं– मनाङको डिस्याङ गाउँपालिकाले एक जना पनि विद्यार्थीले नभएको ङावल आधारभूत विद्यालयलाई शिक्षकको वार्षिक तलब, स्थानीय भत्ता र अन्य सुविधाबापत करिब ३६ लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।


महालेखा परीक्षककको कार्यालयको ५८औँ प्रतिवेदनअनुसार एक जना पनि विद्यार्थी नभएको ङावल माविमा ८ जना स्थायी शिक्षक कार्यरत छन् । डिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७७\७८ मा विद्यार्थी संख्या शून्य भएको सो विद्यालयका ८ स्थायी शिक्षकका लागि ३५ लाख ८६ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको मलेपले जनाएको छ ।


मलेपले अध्यापन गर्न नियुक्त शिक्षकले वर्षैभरि एउटा पनि कक्षा लिनु नपर्ने अवस्थामा समेत तलब भुक्तानी गर्नुपर्ने समस्या अन्त्यका लागि सम्भाव्यताको आधारमा विद्यालय एवं शिक्षक दरबन्दी मिलान गर्न सुझाएको छ ।


यस्तै, मनाङकै नार्पाभूमि गाउँपालिकाले फू आधारभूत विद्यालयमा बालविकासबाहेकका एक जना पनि विद्यार्थी नभएको अवस्थामा २ स्थायी र १ करार शिक्षकलाई वार्षिक १२ लाख ६५ हजार रुपैयाँ निकासा गरेको मलेपले जनाएको छ । 


विद्यार्थी नभएको विद्यालयमा करारमा समेत शिक्षक नियुक्त गरी व्ययभार पारे पनि गाउँपालिका संवेदनशील नभएको भन्दै यस्तो अवस्था अन्त्यका लागि मलेपले पालिकाको ध्यानाकर्षण गराएको छ ।