close

भदौ अन्त्यबाट खुल्दै सीमकोटका विद्यालय 

भदौ अन्त्यबाट खुल्दै सीमकोटका विद्यालय 

Trulli
ADVERTISEMENT

हुम्ला– कोरोना महामारीले बन्द रहेका सीमकोट गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आउँदो २७ बाट सञ्चालनमा आउने भएको छन् ।
बुधबार बसेको सीमकोट गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

पालिकामा सामुदायिक २३ र निजी ५ गरी २८ विद्यालय छन् । सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय भएको सीमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

 

यसअघि गाउँपालिकाले गत वर्षको १९ कात्तिक र १५ माघबाट विद्यालय सञ्चालन गरेर एक सातासम्म पठनपाठन गराए पनि जिल्लामा कोरोना संक्रमण फैलिएपछि पुनः बन्द गरिएको थियो ।

 

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि सीमकोट पालिकाको शिक्षा समितिको बैठकले २७ भदौको मिति तोकेको हो ।


गत सोमबार डिसिसिएमसीले जिल्लाका ७ वटै पालिकाले संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । जिल्लामा फागुन पहिलो साता नयाँ शैक्षिक सत्र सुरु भई मंसिरमा वार्षिक परीक्षा भएर तीन महिना हिउँदे बिदा हुने गथ्र्यो । तर, यो वर्ष असारमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना संक्रमणले हुम्लाको शिक्षा क्षेत्र थिलथिलो बनेको छ ।