close

२७ भदौदेखि खुलाइँदै देवदहका विद्यालय

२७ भदौदेखि खुलाइँदै देवदहका विद्यालय

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको देवदह नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय २७ भदौदेखि सञ्चालन गरिने भएको छ ।

 

नगरपालिकाको शिक्षा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ भित्र रही विद्यालय सञ्चालन कार्ययोजनासहित आउँदो २७ भदौबाट विद्यालय सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो । 

 

नगरपालिकाका शिक्षा प्रमुख उपसचिव टीकाराम शर्माले भने, ‘स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालन गर्ने र विद्यालय सञ्चालन गर्न बैठकले अनुमति दिने निर्णय गरेको हो ।’ 

 

देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले कोरोना कहरका बीच पनि सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने बताए । मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरेर सबै विद्यालय सञ्चालन गर्न नगरपालिकाको आवश्यक सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।