close

शैक्षिक क्षेत्रमा अब्बल बन्दै वीरेन्द्रनगर 

शैक्षिक क्षेत्रमा अब्बल बन्दै वीरेन्द्रनगर 

Trulli
ADVERTISEMENT

सुर्खेत–कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाले देशैभरिका सम्पूर्ण विद्यालय खुलेनन् । कोरोनाकै कारण विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा बाधा पुग्दै आएको छ ।

 

तर, कोरोना कहरकै समय पनि यहाँका स्थानीय तह र विद्यालयले शैक्षिक क्षेत्रमा निरन्तरता दिन विभिन्न अभ्यास गरे । त्यसमध्येको वीरेन्द्रनगर नगरपालिकाले पढाइलाई विभिन्न माध्यम अपनाएर निरन्तरता दिएको छ ।


नगरपालिकाले विभिन्न माध्यमबाट अध्यन अध्यापनका गतिविधि अघि बढाउँदै शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको छ । 

वीरेन्द्रनगरमा १४७ विद्यालय छन्, जसमा ६० सामुदायिक र ८७ वटा निजी विद्यालय रहेका छन् । १४७ वटा विद्यालयमा ६१३ जना शिक्षकले ५४ हजार ८ सय ५० विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । 


यीमध्ये २८ हजार ३ सय २७ छात्रा, २५ हजार ६ सय २३ छात्र रहेका छन् । सुर्खेतमा कोरोना महामारीमा पनि १९ हजार ५० जनाले रेडियोबाट, २ हजार ७८५ विद्यार्थीले टेलिभिजनबाट र ८ हजार ४ सय ५० विद्यार्थीले अनलाइन कक्षामार्फत पढ्दै आएका छन् । 

 

उपकरण डिभाइस कार्यक्रमअन्तर्गत नगरपालिकाले नगर क्षेत्रभित्रका करिब २६६ जनालाई रेडियो तथा ६२ वटा डेस्कटप, कम्प्युटर ल्यापटप दिएर शैक्षिक गतिविधि अगाडि बढाएको छ । 

 

शिक्षामा विशेष जोड

वीरेन्द्रनगरले नगरपालिकालाई शैक्षिक क्षेत्रको हब बनाउन नगरको आधा बजेट शिक्षामा छुट्याएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार रुपैयाँको बजेटमध्ये ३ करोड ८५ लाख शिक्षामा छुट्याइएको नगरपालिकाले जनाएको छ । 


नगरपालिकाका अनुसार पालिकाद्वारा स्वअध्यनबाट सिकाउन ४ लाख, शिक्षक प्रविधिमैत्री तालिमका लागि खर्च २५ लाख, शिक्षकलाई तलबबाहेक छुट्याइएको छ ।


नमुना बन्दै शिव माध्यमिक विद्यालय 

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ११ धुलियाबिटमा रहेको शिव माध्यमिक विद्यालय २०४२ मा स्थापना भएको हो । अहिले यहाँ २५० छात्र, २४२ छात्रा गरी ४९८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

 

यहाँ प्रारम्भिक बालकक्षामा ३२, १ देखि ५ सम्म १०८, ६ देखि ८ सम्म १७६, ९ देखि १० सम्म १०३ र ११ देखि १२ सम्म १११ जना विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयमा २१ जना आइसिटी तालिम प्राप्त शिक्षक छन् । 

 

वैकल्पिक माध्यमबाट शिक्षण अभ्यास

वीरेन्द्र नगरपालिकाले शैक्षिक गतिविधि अगाडि बढाउन विभिन्न वैकल्पिक माध्यमद्वारा सिकाइका क्रियाकलाप अघि बढाएको छ । 


नगरपालिकाभित्र बालविकास कक्षा ३ सम्म अभिभावकको सहयोगमा घरमै गर्न सकिने विभिन्न क्रियाकलाप नामक सिकाइ सामग्री र सियुजी सिममार्फत सिकाइ भइरहेको छ ।

 

कक्षा ४ देखि १२ सम्म सियुजी रेडियो, भर्चुअल सेवामार्फत सिकाइ हुँदै आएको छ । टोल सिकाइ, परियोजना कार्यमार्फत सिकाइ भइरहेको छ ।
८ वटा सामुदायिक विद्यालय र ८७ वटा संस्थागत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

६० वटै विद्यालयमा इन्टरनेट सेवा, वीरेन्द्रनगरस्थित ५ वटै एफएमबाट रेडियो कक्षा सञ्चालन र दोहोरो सञ्चार प्रक्रियाबाट पठनपाठन भइरहेको नगरपालिकाले बताएको छ ।


बालशिक्षादेखि कक्षा ३ सम्म अभिभावकको सहयोगमा विद्यार्थीलाई घरमै गराउन सकिने क्रियाकलाप नामक पुस्तक, टोल सिकाइ सहजीकरण, कक्षा ४ देखि १२ सम्म रेडियो, भर्चुअल कक्षा, स्वअध्ययन, सियुजी सेवामार्फत सिकाइ भइरहेको छ । 

 

२०७८ असारमा शिक्षक र विद्यार्थीको कक्षामा नियमितताको अभिलेख अनलाइन प्रविष्ट, विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण भएको छ भने विद्यार्थीलाई परियोजना कार्य दिइँदै आएको छ । 

 

नगरपालिकाले पालिकाभरिका विद्यालयले विद्यार्थीलाई सिकाउन वैकल्पिक माध्यमका लागि सार्वजनिक परीक्षण, लेखापरीक्षण, विद्यालय अनुगमन निरीक्षण, विद्यालयमा गुनासो सुनुवाइकर्ता तोकेको छ । 


कोरोना महामारी आउनुपहिले विद्यालय सुधार योजना बनेको थियो । महामारी आएपछि विद्यालयको साविकको अवस्थाभन्दा भिन्न परिस्थितिलाई सामना गर्न रेडियो शिक्षा, टोल सिकाइ, सियुजी सेवा सिकाइ भइरहेका छन् । 

 

शिक्षक परिचालन र सक्रियता

पालिकामा ५०५ शिक्षक वैकल्पिक सिकाइ माध्यममा सक्रिय छन् भने ५०५ जना शिक्षकलाई सूचना प्रविधि तालिम दिइएको छ । विद्यालयमा कार्यमूलक अनुसन्धान, गृहकार्य परियोजना कार्यद्वारा अध्यापन भइरहेको छ ।

 

पालिकामा पठनपाठन प्रभावकारी बनाउन शिक्षकको नियमित उपस्थितिमा जोड, इलेक्ट्रोनिक हाजिरीको कार्यान्वयन भइरहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । 

 

त्यस्तै, बालबालिकालाई परिरहेको मनोसामाजिक असर, आर्थिक असरलाई कम गर्न विद्यालय तथा नगरपालिकाले २४ वटा विद्यालयमा करियर काउन्सिलिङ परामर्श सेवा दिइँदै आएको छ ।