close

जेहेनदार विद्यार्थीलाई भक्तपुरको छात्रवृत्ति

जेहेनदार विद्यार्थीलाई भक्तपुरको छात्रवृत्ति

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले ११ कक्षा पढ्ने ११ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । पालिकाले शैक्षिक सत्र २०७८÷७९ मा नगरभित्र सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । 

 

भक्तपुर नगरपालिका प्रमुख एवं छात्रवृत्ति छनोट समितिका अध्यक्ष सुनिल प्रजापतिले नगरभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयलाई संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ अनुसार छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति छनोट सिफारिस–पत्र प्रदान गरे ।

 

आर्थिक रूपमा कमजोर भएका सामुदायिक विद्यालयबाट एसईई उत्र्तीण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख प्रजापतिले बताए । विद्यार्थीको आचरण, व्यवहार र संस्कारले सभ्य समाज निर्माणमा टेवा पुग्ने हुँदा सोहीअनुसार अगाडि बढ्न सुझाए ।


नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेज ख्वप मावि, बागीश्वरी मावि, वासु मावि, श्रीपद्म मावि, आदर्श आजाद मावि, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५, व्यवस्थापन विषयका ४८, कानुन विषयका ४, शिक्षा विषयका ६ र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीलाई भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो । 

 

नगरपालिकाले आह्वान गरेको छात्रवृत्तिमा ४०२ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ३८५ जना विद्यार्थी परीक्षामा समावेश थिए । ९८ विद्यार्थी छनोट भएका थिए । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउने छन् । उनीहरूले परीक्षा शुल्क मात्रै तिनुपर्ने वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए । 

 

नगरप्रमुख प्रजापतिले भक्तपुरमा आर्थिक अभावले कुनै विद्यार्थीले पढाइबाट वञ्चित हुनु नपर्ने दाबी गरे । पालिकाले जेहेनदार विद्यार्थीलाई शैक्षिक कर्जा र राजनीति, भूगोल, अर्थशास्त्रलगायत विषयमा अध्ययन गर्नेलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनको भनाइ छ ।