close

भीमदत्तले पायो बहुप्राविधिक शिक्षालय सञ्चालन अनुमति

भीमदत्तले पायो बहुप्राविधिक शिक्षालय सञ्चालन अनुमति

Trulli
ADVERTISEMENT

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी हालै अनुमति दिएको हो ।

 

नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटिइभिटीमा निवेदन दिएका थिए । सोहीअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुने गरी अनुमति दिइएको हो ।


प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको छ । सिटिइभिटीकोे अनुमतिपत्र पाएपछि नगर प्रमुख सुरेन्द्र विष्ट र अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले प्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेकामा खुसी व्यक्त गरे ।  नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालनका लागि आठौँ नगरसभाबाट शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिसकेको छ ।