close

सप्तरीको छिन्नमस्ता पालिकाका शिक्षक आन्दोलित भएपछि विद्यालय बन्द 

सप्तरीको छिन्नमस्ता पालिकाका शिक्षक आन्दोलित भएपछि विद्यालय बन्द 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकामा आन्दोलनरत कर्मचारीको समर्थन गर्दै शिक्षक पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् ।

 

कर्मचारीले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् । सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तक व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा÷उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत पालिका कार्यालयका लागि आवश्यक सामग्री उपलब्ध हुनुपर्नेलगायत ६ बुँदे माग राखेर कर्मचारी आन्दोलित भएका हुन् ।

 

आन्दोलनको समर्थनमा शिक्षक आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहताले बताए । उनका अनुसार गाउँपालिकामा १९ वटा विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।