close

सुरुंगाका घरघरमा सुरक्षित सिकाइ परामर्श बैठक 

सुरुंगाका घरघरमा सुरक्षित सिकाइ परामर्श बैठक 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको सुरुंगा नगरपालिकास्थित विभिन्न वडाका स्याहारकर्ता समूह र स्थानीय सरकारका पदाधिकारीबीच परामर्श बैठक सम्पन भएको छ । २०३ जना आमा सदस्य समूहका संयोजक र सुरुंगाका जनप्रतिनिधिबीच घरघरमा सुरक्षित सिकाइ वातावरण निर्माणका लागि आगामी दिनमा प्रत्येक वडाका सबै घरधुरी लक्षित परियोजना सञ्चालन गर्न सहमति भएको छ । 


सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुंगाको वडा नम्बर ७ र ८ आयोजित घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायमा क्षमता विकास गराउन परियोजना सञ्चालन भएको हो । आगामी दिनमा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने सामाजिक विकास समिति संयोजक देवेन्द्रप्रसाद चौधरीले बताए ।

 

कोरोना महामारीको समय हजारौँ बालबालिकाको शैक्षिक गतिविधिमा प्रभाव परिरहेकाले खेलकुद र शैक्षिक सामग्रीसहित घरघरमा मिनी पुस्तकालय स्थापना गरिएको वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रेव चौधरी जानकारी दिए । 


बालबालिकालाई अध्ययन गर्न विभिन्न खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त सामग्री बालमैत्री वातावरणमा प्रयोग गर्न आमाहरूलाई क्षमता विकास तालिम दिइएको सुरुंगा नगरपालिकाको नगर शिक्षा समिति सदस्य शुभनारायण चौधरीको भनाइ छ । 


घरमा सुरक्षित सिकाइ कार्यक्रमअन्तर्गत सबल नेपाल सप्तरीले उपलब्ध गराएको शैक्षिक सामग्री बालमैत्री वातावरणमा प्रयोग गराउन तालिम दिइएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिए । 


कोरोना महामारीले शिक्षा क्षेत्र धराशयी बन्दै गएको अवस्थामा ३ वर्षदेखि माथि र ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी तिनका घरघरमै मिनी पुस्तकालय स्थापना गरिएको छ । 


सबल नेपाल समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार नगरपालिकाको वडा नम्बर ७ र ८ का २०३ अभिभावक एवं स्याहारकर्ता आमाहरूलाई सिकाइसँग सम्बन्धित विषयमा क्षमता विकास तालिम दिइँदै आएको छ ।