close

सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ सिन्धुपाल्चोकको नवनिर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ । भवन निर्माणमा टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्टको साझेदारी रहेको छ ।


विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरंग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले उद्घाटन गरे । 


नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको हिस्सास्वरूप टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सात विभिन्न विद्यालय पुनर्निर्माण गरिएको छ ।


शारदा माध्यमिक विद्यालय, जाल्पादेवी माध्यमिक विद्यालय, मार्मिङ माध्यमिक विद्यालय, थापीनारायण आधारभूत विद्यालय, कोदारी माध्यमिक विद्यालय तथा जनज्योति आधारभूत विद्यालय भवन पुनर्निर्माणसँगै हस्तान्तरण गरिएको हो । हस्तान्तरण भइसकेका विद्यालयमा जनज्योति आधारभूत विद्यालय पनि भूकम्पप्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे छ । 


‘०७२ को भूकम्पले यस क्षेत्रमा धेरै क्षति गरेको थियो । त्यसैले केही वर्षदेखि पुनस्र्थापना परियोजना अगाडि बढाइरहेका छौं,’ सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भने । 


उक्त अवसरमा टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालका साथै भवन निर्माणमा सहयोग गर्ने विभिन्न सहयोगीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका सहसचिव प्रभाकर मुनकर्मी, रजत श्रेष्ठ, विनोदबहादुर सिंह, विमल गौतम, रविन श्रेष्ठ, स्काई लाइन आर्किटेक र निर्माण कम्पनीका टक्सार अवालेलगायत उपस्थित थिए ।