close

प्रतिष्ठानको सेवा प्रभावित हुँदैन : निमित्त उपकुलपति थापा

प्रतिष्ठानमा सरकारले नयाँ उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि विवाद

प्रतिष्ठानको सेवा प्रभावित हुँदैन : निमित्त उपकुलपति थापा

प्रतिष्ठानमा सरकारले नयाँ उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि विवाद

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी र प्रश्नपत्र र कर्मचारी भर्नाका विषयमा बारम्बार चर्चामा आउने गरेको थियो । तर, पछिल्लो समय पदाधिकारी फेरबदलको चर्चामा छ । 


दुई दिनअघि उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले कामकाज रोक्ने निर्णय गरेपछि प्रतिष्ठान पुनः चर्चामा आएको हो ।
गत बिहीबार शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपति र वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिस्ट्रारको जिम्मा दिइएको छ । उपकुलपति र रजिष्ट्रारलाई काममा रोक लगाएपछि पक्ष–विपक्षमा बाँडिएका समाचार प्रकाशित भएका छन् । 


नयाँ जिम्मा पाएका निमित्त उपकुलपति डा. थापा र निमित्त रजिस्ट्रार शाही, नर्सिङ डिन सरस्वति गौतम, जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले पत्रकार सम्मेलन आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने प्रस्ट पारेका छन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा प्रतिष्ठानको लक्ष्य र उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा तथा प्राज्ञिक कार्यक्रममा रोक नभएको र नहुने उल्लेख छ ।

 

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा उत्पन्न परिस्थतिमा विशेषगरी कर्णालीमा बहुप्रतीक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनमा कुनै वाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र केही भ्रम भएका कारण सो विषयमा प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी भइसकेको छ ।’  विज्ञप्तिमा १९ मंसिरबाट कक्षा सञ्चालन गर्न पूर्ण तयारी भइसकेको र प्रतिष्ठानका सम्पूर्ण सेवा सञ्चालनमा रहेको जानकारी दिइएको छ । 


निमित्त उपकुलपति डा. थापाले राजनीतिक अस्थिरताले ल्याएको तत्कालको समस्या सरकारले जिम्मा दिएपछि काम गर्नुपर्ने र प्रतिष्ठानको नीति–नियमअनुसार जति दिन भए पनि काम गर्नुपर्ने अवस्था रहेको बताए । 


डा. थापाले एमबिबिएसका २० सिटमध्ये १५ जना भर्ना भइसकेका र ५ सिट प्रक्रियामा रहेको जानकारी दिए । २० सिट एमबिबिएससहित अन्य ९० वटा सिटमा ६० जना भर्ना भइसकेकाले १९ मंसिरबाट अध्यापन हुने उनले बताए । 


निमित्त रजिस्ट्रार शाहीले सरकारको नोकरी खाएपछि जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानको प्रतिष्ठामा आँच आउन नदिइने उनको भनाइ छ ।जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीले कर्णाली प्रतिष्ठान कर्णालीको जीवनरेखा भएकाले यसको सेवा नियमित हुनुपर्नेमा जोड दिए ।