close

फाल्गुनन्द पालिकाबाट मातृभाषा शिक्षक व्यवस्थापन भाषाविज्ञ सूचीकृत

फाल्गुनन्द पालिकाबाट मातृभाषा शिक्षक व्यवस्थापन भाषाविज्ञ सूचीकृत

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ९ जनालाई भाषाविज्ञको रूपमा सूचीकृत गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयमा मातृभाषा शिक्षक छनोट समितिमा रही तोकिएको कार्य गर्ने प्रायोजनका लागि भाषाविज्ञ सूचीकृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।


भाषाविज्ञको रूपमा सूचीकृत हुनेमा सगुन सुसारा, सूर्यविक्रम राई, महेन्द्रकुमार आङदेम्बे, श्यामबहादुर जबेगु, हिमालयविक्रम कुरुम्बाङ, कृष्णकुमारी चेम्जोङ, लालबहादुर नेम्बाङ, शेरबहादुर लिम्बू र प्रदीपसिं तामाङ रहेका छन् । 


उनीहरूलाई फाल्गुनन्द पालिकाको मातृभाषा शिक्षक व्यवस्थापन कार्यविधि ०७७ को दफा ९ (ग) मा व्यवस्था भएको मातृभाषा शिक्षक छनोट समितिमा रही तोकिएका कार्य गर्न सूचीकृत गरिएको प्रमुख प्रकाशकीय अधिकृत तुम्रोकले जानकारी दिए ।


फाल्गुनन्द गाउँपालिका मातृभाषा शिक्षा लागू गर्ने नेपालकै पहिलो पालिका हो । हाल पालिकाको १४ वटा विद्यालयमा लिम्बू भाषा र २ वटा विद्यालयमा तामाङ भाषामा माध्यमिक तहसम्म पठनपाठन भइरहेको पालिकाको शिक्षा प्रमुख बाबुराम राईले जानकारी दिए । बाँकी ८ विद्यालयमा भने शिक्षक नियुक्त हुन बाँकी रहेको उनले बताए ।