close

मुलुकभरका सार्वजनिक/सामुदायिक पुस्तकालयको तथ्यांक संकलन गरिँदै

हाल मुलुकभरि करिब १ हजार सामुदायिक पुस्तकालय छन्

मुलुकभरका सार्वजनिक/सामुदायिक पुस्तकालयको तथ्यांक संकलन गरिँदै

हाल मुलुकभरि करिब १ हजार सामुदायिक पुस्तकालय छन्

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण संकलन गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्यांक संकलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सञ्चालनका लागि तथ्यांक संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीन वटै तहका सरकारलाई सहज हुने विश्वास लिइएको छ ।

 

हाल मुलुकभरि करिब १ हजार सामुदायिक पुस्तकालय छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ ।


मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो १५ पुसभित्र उपलब्ध गराउन आग्रह गरेका छन् । त्यसका लागि अनुगमन गरी सहयोग गर्न मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।