close

चौदण्डीगढी वडा नम्बर ७ ले बाँड्योे शैक्षिक सामग्री

चौदण्डीगढी वडा नम्बर ७ ले बाँड्योे शैक्षिक सामग्री

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले वडाभरिका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
छोराछोरीमा समानता, दाइजो होइन, छोरीलाई क्षिक्षाको व्यवस्था नारासहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

 

श्रीपञ्चमी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तेजराज तिमल्सिनाले झोला, कापीकलमलगायत शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरे । ०७४ मा जनप्रतिनिधिको रूपमा वडाध्यक्ष निर्वाचित भएपछि तिम्सिनाले आफ्नो वडाका सामुदायिक विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् ।

 


वडाध्यक्ष तिम्सिनाले वडाको बालबालिका शीर्षकको बजेटमार्फत उक्त शैक्षिक सामग्री वितरण गरिएको बताए । गरिबीको रेखामुनि रहेका बालबालिकालाई शैक्षिक सामग्री जोहो गरेर पठनपाठन सहज बनाउन वडाले आफू मातहतका सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्न थालेका उनको भनाइ छ ।