close

शिक्षा क्षेत्र सुधारमा मन्त्रालय प्रतिबद्ध : शिक्षामन्त्री

शिक्षा क्षेत्र सुधारमा मन्त्रालय प्रतिबद्ध : शिक्षामन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२औँ वार्षिकोत्सव एवं छैटौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । 

 

‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’
उनले उच्चशिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकामा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित नगरे उत्पादित जनशक्ति देशबाहिर जान सक्नेतर्फ उनले सचेत गराए । 


‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्या छन् । यसको क्रमशः हल गर्ने बाटोमा सरकार लागेको छ,’ उनले भने, ‘संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेका छौँ ।’ शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या हल हुने उनले दाबी गरे । मन्त्री पौडेलले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यावहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिए । विद्यार्थी नै राष्ट्र निर्माणका पहरेधार भएकाले लगनशील हुन उनको आग्रह छ ।