close

विदेशी विश्वविद्यालयको अनुमति पाएका शिक्षण संस्थाको निरीक्षण गर्न बन्यो समिति 

विदेशी विश्वविद्यालयको अनुमति पाएका शिक्षण संस्थाको निरीक्षण गर्न बन्यो समिति 

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धन पाएका शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरेका छन् । मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकबाट अनुगमनका लागि ५ सदस्य समितिसमेत गठन गरिएको हो ।

 


समितिले उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको ५ वर्षे अवधि ०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

 

नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेस गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेको शर्माको भनाइ छ । ‘उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०५९ बमोजिम सञ्चालन अनुमति पाएका विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ,’ प्रवक्ता शर्माले भने, ‘विज्ञको टोलीले निरीक्षण गरी रायको आधारमा नवीकरण हुने या नहुने निर्णय हुन्छ ।’ बैठकले त्यसको अध्ययन तथा निरीक्षणका लागि ५ सदस्यीय विज्ञको समिति गठन गरेको छ ।